लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै « Khabarhub

लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लण्डनबाट फिल्म शिक्षामा मास्टर्स गरेका रोहित करण वैद्यले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । लण्डनको  ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’ बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरेका वैद्यले फिल्म  ‘मायाको माया’ बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट  ‘लाइफ अन रोड नेपाल’ निर्माण निर्देशन गरेका थिए । उक्त डकुड्रामा ग्रीसको ‘लेरापत्र अवार्ड्स सेरेमोनी’, सिंगापुरको ‘इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ र ‘इन्डीफिल्म फेस्ट’ क्यालिफोर्नियामा प्रदर्शन भएको थियो । क्यालिफोर्नियामा रोहितले उक्त फिल्मबाट अवार्ड समेत जितेका थिए ।

फिल्म लेखन र निर्देशनको भोक बोकेर नेपाली रजतपटमा पाइला राख्दै गरेका रोहितले फिल्म शिक्षा र अन्तर्राष्ट्रिय फिल्म उद्योगबाट प्राप्त अनुभवले नेपाली पन बोकेको फिल्म दर्शक माझ ल्याउन आतुर छन् । त्यसो त नेपालमा पछिल्लो समय धेरै मन पराइने जनरा फेमिली ड्रामा, लभस्टोरी र कमेडी नै हो भने समीक्षक र दर्शक दुबैबाट आलोचना खेप्ने फिल्म पनि यही जनराका हुन् ।

पहिलो प्रोजेक्टमा नै प्रेम मिसाएर फेमिली ड्रामा उठाउँदै गरेका उनले नेपाली दर्शकलाई पहिलो स्वाद कस्तो दिनेछन् त्यसको लागि फिल्म निर्माण सम्पन्न भएर हलसम्म आउने समय पर्खिनैपर्छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : ०७ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको