बालेनलाई श्रीमतीको बधाई : ‘तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !’ « Khabarhub

बालेनलाई श्रीमतीको बधाई : ‘तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !’


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन) चर्चाको विषय बनेका छन् । उम्मेदवारी दर्ता देखि नै चर्चाको विषय बनेका बालेनलाई अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको कमी छैन । यद्यपि एउटा बधाईले सबैको ध्यान तानेको छ । त्यो बधाई उनलाई अरु कसैले नभई उनकै श्रीमती सबिना काफ्लेले दिएकी हुन् । 

बालेनको उम्मेदवारीसँगै उनकी श्रीमती सबिनाको पनि चर्चा भयो । यो समयमा उनी सामाजिक सञ्जालमा सेलिब्रेटीभन्दा  कम छैनन् । ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’ उनले बालेनको संयमता नै शक्ति  रहेको उल्लेख गरेकी छन् । 

‘दिन रात नभनी तिमीले गरेको  मिहिनेतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् १ु उनले लेखेकी छन् । उनी थप्छिन् ,‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’ उनले बालेनको पाइला अगाडि बढिरहनु भन्ने कामना गर्दै ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न प्रेम, विश्वास , साथ अनि समर्थन रहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : १३ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको