बाइडेनले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने « Khabarhub

बाइडेनले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने


१३ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयको भ्रमण गर्ने भएका छन् ।

२१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी यही आइतबार त्यहाँ जान लागेको जनाइएको छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले आइतबार सो विद्यालयको भ्रमण गर्नेछन् ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेको जनाइएको छ ।

केही दिनअघि अमेरिकाको टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए । घटनामा कैयौँ घाइते भएका थिए ।

टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा घटना भएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : २५ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स