बैतडीमा विद्युतीय राहदानी वितरण सेवा सुरु, नागरिकलाई राहत « Khabarhub

बैतडीमा विद्युतीय राहदानी वितरण सेवा सुरु, नागरिकलाई राहत


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामै पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । ई-पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको हो ।

अब वैदेशिक रोजगारीमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई-पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुेपर्ने छ । यस्तै विद्युतीय राहदानी ई-पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ ।

राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो । काठमाडौँ पुगेर राहदानी बनाउनुपर्दा जिल्लावासीलाई निकै अप्ठ्यारो र खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ५२ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल