यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु  « Khabarhub

यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्चेको छ । अर्थात यो रकम दश महिनामा नेपालबाट बाहिरिएको छ । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही अवधिमा भारतबाटै नेपालमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल भित्रिएको छ । भारतबाट नै ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त अवधिमा ४३ अर्ब ५५ करोड २ लाख ३७ हजार रुपैयाँको फलाम नेपाल भित्रिएको छ । नेपालले पछिल्लो दश महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । मोबाइल फोन नेपालमा सबैभन्दा बढी चीनबाट आउने गरेको छ । 

सोही समयमा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार सो अवधिमा मानिसको लागि आवश्यक पर्ने खोप ३२ अर्ब ६ करोड २२ लाख ६८ हजार रुपैयाँको भित्रिएको छ ।  बितेको दश महिनामा नेपालले ३१ अर्ब ८० करोड २२ लाख ५४ हजार रुपैयाँको कोइला आयात गरेको छ । सोही समयमा युनाइटेड अरब इमिरेट्स र टर्कीबाट २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा आएको छ । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ५० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा