निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा माधव नेपालको आपत्ति « Khabarhub

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा माधव नेपालको आपत्ति


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले विमानस्थल निर्माणको कार्य अघि नबढाउन सर्वोच्च अदालतले दिएको फैसलामा आपत्ति जनाएका हुन् ।

काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थेग्न नसकेको तथा लुम्बिनीमा निर्माण गरिएको विमानस्थल त्यहाँका लागि मात्रै प्रयोगमा आउने भएका कारण अन्तिम विकल्प निजगढ रहेको बताए ।

संसद्मा सम्बोधन गर्दै उनले भने, ‘मास्टरप्लान तयार भइसकेको अवस्थामा, ईआईए तयार भइसकेको अवस्थामा, गहिरो अध्ययन भइसकेको अवस्थामा, झण्डै ३ अर्ब रुपैयाँ नेपाल नागरिक उड्डयन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, त्यही कामका लागि फास्ट ट्र्याकको निर्माण अघि बढेको अवस्थामा बडो दुख लाग्यो मलाई ।’

उनले योजना छनौट गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने भन्दै उनले कहीँ धेरै पूर्वाधारको निर्माण हुने तर कहीँ भने कुनै पूर्वाधार नै निर्माण नहुने अवस्था आएको समेत बताए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ३५ बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर