जितुलाई कस्तो लाग्यो 'कबड्डी ४' ? | Khabarhub Khabarhub

जितुलाई कस्तो लाग्यो ‘कबड्डी ४’ ?


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कबड्डीको चौथो सिरिज आजबाट प्रदर्शनमा आएको छ । शुक्रबार, शनिबार र आइतबार यस फिल्मले ५ करोड बढीको ग्रस कलेक्सन गर्ने वितरकहरू अनुमान छ ।

फिल्मको मल्टिप्लेक्समा देखिएको चापले यसले पहिलो दिन झन्डै २ करोडको हाराहारीमा कलेक्सन गर्ने देखिएको छ । रिलिजको पूर्व सन्ध्यामा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ को भव्य प्रिमियर गरियो । लगभग एक हजार दर्शकले हेर्न मिल्ने गरी आयोजना गरिएको प्रिमियरमा यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्म हेर्न पुगेका अभिनेता जितु नेपालले फिल्मलाई सिरिजकै रमाइलो भनेका छन् । 

‘यो सिरिज मध्येकै रमाइलो फिल्म यही लाग्यो । फिल्ममा आफ्नै कथा र आफ्नोपन छ । साथमा नेपालमा रहेको हिमाली सुन्दरतालाई यसमा देखाइएको छ । फिल्म हेरुन्जेल रमाइलो लाग्छु जितुले भने । उनले फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस किसिमको फिल्मले दर्शकलाई हलसम्म ल्याउने बताए । ‘फिल्मलाई दर्शकले पत्याए भने आफैँ आउने रहेछन् । फिल्मको बुकिङले त्यो प्रमाणित गरिसक्यो’ उनले भने । जितुले पनि पछिल्लो समय हिरो बनेर ‘ह्यारी कि प्यारी’ नामक फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ३७ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा