प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन | Khabarhub Khabarhub

प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थापना दिवसको अवसर पारेर पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ ।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा सम्पन्न भेलाले नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । अध्यक्ष बद्री सिग्देलबाहेको भेलाले महाधिवेशन मिति तोकेको हो ।

भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरू, प्रेस युनियनका पूर्व अध्यक्षहरू, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले लोकतान्त्रिक पत्रकारहरूको संस्था भएरपनि युनियन विधिवत ढंगले सञ्चालन हुन नसकेको दुःख व्यक्त गर्दै युनियनको गरिमा उँचो राख्न आफूहरूको साथ रहने बताएका थिए । भेलाले २०७४ सालको भदौमै सम्पन्न हुनुपर्ने महाधिवेशन छैटौपटकसम्म स्थगित गरिएको, २ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको तथा केन्द्रीय नेतृत्वले विधानसम्मत काम नगरेको ठहर समेत गरेको छ । 

आयोजित विशेष भेलाले महाधिवेशनको मिति तय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ । समितिमा प्रेस युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरू सम्मिलित छन् । भेलाले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू गठन समेत गरेको छ । केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको छ । केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक तयारी समिति र केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति पनि बनाइएको छ । 

विशेष भेलाले महाधिवेशनको छुट्टै मिति तोकेसँगै युनियनमा विभाजनको रेखा कोरिएको छ । अध्यक्ष सिग्देल समूहले भदौमा र इतर समूहले जेठमा महाधिवेशन गर्ने मिति तोकेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ५० बजे

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी