बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु « Khabarhub

बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ ।

पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् ।

त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले यो नरसंहार गरेका हुन् ।

सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।

बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ५ : १७ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल