हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य « Khabarhub

हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ ।

अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न यस्तो सहमति भएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।

यो समझदारीले मुख्यत: नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नेछ । प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौँ विश्विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ११ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी