विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग « Khabarhub

विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पु¥याउन माग गर्नुभएको हो ।

सामग्री केन्द्रले रुस र युक्रेन युद्धका कारण देखाउँदै लाखौँ विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको छ ।

“मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भइसकेको हप्तौँ बितिसक्दा पनि विद्यार्थीहरुको हातमा पुग्न सकेको छैन”, विज्ञप्तिमा भनिएको छ, “जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौँ विद्यार्थीमाथि अन्याय गर्दै आइरहेको छ र आफ्नो कमजोरी लुकाउन सधैँझैँ बाहनाबाजी गरिरहेको छ ।”

जनक शिक्षा सामग्री केन्द्रभित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी र केन्द्रको क्षमता वृद्धि गरी समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन भनिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ३१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले