भोजपुरी फिल्म ‘रण’ नेपालमा पनि प्रदर्शन हुने  « Khabarhub

भोजपुरी फिल्म ‘रण’ नेपालमा पनि प्रदर्शन हुने 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा द्वन्द्व निर्देशकको रुपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने भएको छ ।

निर्देशक पन्तका अनुसार राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा आउँदो शुक्रबारबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । उनले राजधानीका केही मल्टिप्लेक्स हलमा पनि फिल्मका लागि कुराकानी भइरहेको जानकारी दिए । फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । १० जुलाईबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तीय फिल्महरू पछिल्लो क्रममा भारतका ठूला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।

एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिकसमेत आवद्ध छन् । ‘रण’ बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यु गरेका छन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । निर्देशक पन्तको कथामा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा अर्जुन जिसीको सम्पादन, मित्र डी गुरुङ र साहिल खानको ट्रेलर र टिजर सम्पादन, महेश पौडेलको छायांकन, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी छ । निर्देशक पन्तले चाँडै नै अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गर्दैछन् । यसै फिल्म मार्फत चन्द्रले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ०२ बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर