‘दि हिमालयन’ बजारमा « Khabarhub

‘दि हिमालयन’ बजारमा


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर प्रधान ‘मित्र’ द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा। दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्तकको लोकार्पण गरेका थिए ।

यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गरेका छन्। पुस्तकका लेखक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुन् । जितेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा इन्ट्रा नेशनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आ-आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पारेका थिए । उनीहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पत्ति छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पिँडालाई स्रष्टा प्रधानले कृतिमा समावेश गरेको बताए  ।

पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बडो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएको मन्तव्यका क्रममा अतिथिहरूले राखेको थिए। उनीहरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म) ’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गरेका छन्  ।

स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणार्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुवाद गरि पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु ।’ कोरोना सङ्क्रमणको समयमा क्वारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उनले सुनाए ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको समारोहमा साहित्यिक व्यक्तित्वहरू, गीत संगीतका स्रष्टाहरू, चलचित्रकर्मी, समाजका विभिन्न व्यक्तित्वहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजकमा रोशन श्रेष्ठ र दीपेन श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ४९ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको