सयपत्री हाइड्रोको आईपीओ शुक्रबारदेखि भर्न सकिने « Khabarhub

सयपत्री हाइड्रोको आईपीओ शुक्रबारदेखि भर्न सकिने


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउनभित्र आवेदन दिनुपर्नेछ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ३६ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी