पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन | Khabarhub Khabarhub

पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।

बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् ।

कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन् ।पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए ।

१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर