मधेस प्रदेशमा तीन वर्षमा ११०३४ सवारी दुर्घटना « Khabarhub

मधेस प्रदेशमा तीन वर्षमा ११०३४ सवारी दुर्घटना


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारा जिल्ला लगायत मधेस प्रदेशको ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको हो ।

आर्थिक वर्ष ०७६/७७ मा मधेस प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक वर्ष ०७८/७९ मा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।

यो संख्या आर्थिक वर्ष ०७७/७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा योपल्ट ११.८५ प्रतिशतले बढी आएको हो । मानिसमा जनचेतना भएको तर कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।

मधेस प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्, जसमध्ये धनुषा र सप्तरी जिल्लामा बढी दुर्घटना हुने गरेको छ भने धनुषा र सप्तरी जिल्लामा दुर्घटनाका कारण धरैले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असावधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरीक्षक गुरुङले बताए ।

यसरी सवारी दुर्घटना न्यूनीकरण गर्न मातहतका आठ वटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : २१ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक