चार अर्ब १७ करोड राजस्व सङ्कलन « Khabarhub

चार अर्ब १७ करोड राजस्व सङ्कलन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी- आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए। आव २०७८/७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदाता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट रु तीन अर्ब सात करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत रु ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत रु ५२ करोड ८९ लाख ७० हजार गरी कूल रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयले आयकरबापत रु एक अर्ब ८७ करोड ३१ लख ५८ हजार, बहाल करबापत रु चार करोड २० लाख ४४ हजार, ब्याज करबापत रु ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ७० करोड सात लाख १० हजार, अन्तःशुल्कबापत रु ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत रु ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न सात शीर्षकमा कर सङ्कलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत रु १० लाख ९० हजार ६९० राजस्व सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताए। “सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शत्प्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ, उनले भने, “समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।”

करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरूसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ छ ।

ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्ध शान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३८ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका