साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला « Khabarhub

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरूको स्टार्टअपहरुबिच प्रतिस्पर्धा हुने भएको छ ।

 साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आजदेखि खुल्ला भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जनाएको छ ।

यस अवार्ड विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधाको लागि विभिन्न देशका विज्ञहरू सहितको छुट्टै छनौट समिति रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । यस वर्षदेखि अन्तराष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरू अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरूमा थप सहकार्यको वातावरण बन्ने लम्सालको भनाई छ । यसअघि विभिन्न ११ विधाहरुको लागि नोमिनेशन खुल्ला भइसकेको छ ।

यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड (नेपाल), प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेका छन । आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् । 

आइसिटी अवार्डमा नोमिनेशन दर्ता गर्न प्रतिस्पर्धी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन् । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी  वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणका छनौट प्रकृयालाई अगाडि बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुनेछन । अवार्ड फिनाले अघि स्टार्टअप एण्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरू पनि आयोजना हुने बताइएको छ ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यसैगरी अवार्डका विजेता र उत्कृष्टले वल्र्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायत निजी क्षेत्रका कर्पोरेट संस्थाहरूको सहकार्य तथा सहयोग रहेको छ ।   

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ४४ बजे

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका