सेयर बजार २३.८३ अंकले बढ्यो, ३ अर्ब १६ करोडको कारोबार « Khabarhub

सेयर बजार २३.८३ अंकले बढ्यो, ३ अर्ब १६ करोडको कारोबार


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ।

मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।

आज तीन वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्।

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ४६ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी