नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको एक वर्ष पूरा « Khabarhub

नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको एक वर्ष पूरा


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको एक वर्ष पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको हो। नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ ।

यो उल्लेखनीय  सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन्। यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताबाट सुसज्जित छ। ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चार्जिङ स्टेसनको वृहत सञ्जाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चार्जिङ एप – ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ।  यो एपको प्रयोग हाल १ हजार भन्दा बढीले गरिरहेका छन्। दक्ष कर्मचारी एवं भौतिक संशाधनको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरूले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ । कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरूमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सन ईभीको नेपालमा बिक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ । यस्ता कार्यक्रमहरूले ग्राहकको गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीको विश्वास छ।

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ०० बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण