काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने « Khabarhub

काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि उठ्ने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्।

‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्‍याई सुरक्षित रूपमा घरभित्र राखिएका फोहोरमैला सङ्कलन गर्ने कार्यमा सहयोग पुर्‍याइदिन हुन विनम्रताका साथ अनुरोध छ’ पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ‚

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ०५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु