एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने « Khabarhub

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो।

आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले जवाफ दिने र त्यसपछि प्रतिवेदन पारित गर्ने तयारी रहेको छ ।

यसैगरी उम्मेदवारको मापदण्ड र समानुपातिक दोहोर्‍याउने/नदोहोर्‍याउनेबारेमा आजको बैठकले निर्णय गर्ने छ। बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकका निर्णय पनि अनुमोदन गरिनेछ ।

हिजो अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मत वृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ११ बजे

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा