एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने « Khabarhub

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो।

आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले जवाफ दिने र त्यसपछि प्रतिवेदन पारित गर्ने तयारी रहेको छ ।

यसैगरी उम्मेदवारको मापदण्ड र समानुपातिक दोहोर्‍याउने/नदोहोर्‍याउनेबारेमा आजको बैठकले निर्णय गर्ने छ। बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकका निर्णय पनि अनुमोदन गरिनेछ ।

हिजो अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मत वृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : ११ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको