१५ हजारभन्दा बढी मतदाता थपिए | Khabarhub Khabarhub

१५ हजारभन्दा बढी मतदाता थपिए


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा डेढ महिनामा १५ हजारभन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नामावली दर्ता खुलेसँगै मतदाता जागरुक भएका हुन् ।  

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि खुला गरेको मतदाता नामावली दर्ता र अध्यावधिकबाट रूपन्देहीमा मात्रै १५ हजार एक सय २२ जना थपिएका छन् । स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका तीन लाख २३ हजार सात सय ७८ पुरूष, तीन लाख आठ हजार पाँच सय ७४ महिला र आठ जना तेश्रो लिङ्गी गरी रूपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनपछि सात हजार आठ सय ९४ पुरुष, सात हजार दुई सय २८ महिलाले नाम दर्ता गराएको थिए, जसअनुसार ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीको छ ।

देशव्यापी रुपमा निर्वाचन कार्यालय, प्रशासन कार्यालयहरूबाट मतदाता नामावली दर्ता हुँदै आएको थियो । मतदानबाट बञ्चित हुने डरले नागरिक उत्साहका साथ  नामावली दर्ता गराएका छन् । असार महिनादेखि सुरुआत भएको नामदर्ता १९ साउनसम्म चलेको थियो । यो समयावधिमा एक हजार ७७ जनाले  वाह्य जिल्लाबाट पनि रूपन्देहीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ । 

‘हामीले कार्यालयबाट, जिल्ला प्रशासन कार्यालय रूपन्देही, इलाका प्रशासन कार्यालय मझगावा र इलाका प्रशासन कार्यालय बुटवलबाट दर्ता गरिरहेको थियौ । अधिकांश नयाँ दर्ता र केही त्रुटि सच्याउने, ठाउँसारीका नाम दर्ताका लागि आएका हुन् । यसका साथै वाह्य जिल्लाका पनि केहीले यहीबाट नाम दर्ता गराएको निर्वाचन कार्यालय प्रमुख अयोध्या भण्डारीले बताए । 

छोटो अवधिमै उत्साह जनक रुपमा मताधिकार प्रयोग गर्न नागरिकहरू निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा नाम दर्ता गराउन आएको  निर्वाचन अधिकारी भण्डारीले भने ।

कार्यालय प्रमुख भण्डारीका अनुसार पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा ११ लाख १८ हजार ९ सय ७५ देखिए पनि त्यसको ६०–६५ प्रतिशत मतदाता हुनपर्छ भन्ने सर्वमान्य सिद्धान्त छ, त्यसैलाई  अंगीकार गर्दै निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।

मतदाता नामावली अद्यावधिक एवं दावी विरोधको कार्यक्रम १२ देखि १९ भदौ सम्म रहनेछ । मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाता, विवरण हटाउने एवम् त्रुटिहरू सच्याउनु पर्ने मतदाता यस अवधिमा आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर त्रुटिहरू सच्याउन सक्नेछन् । ३ मंसिर २०७९ सम्ममा मतदाननयोग्य १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समावेश गरी तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिनेछ । उनीहरू नै मतदान गर्न योग्य रहने छन् । १६ वर्ष उमेर पूरा भएकोले नामावली दर्ता गराउन पाउछन् । 

१६ पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले ४ मंसिर हुने निर्वाचनको लागि जिल्लामा मतदान स्थल दुई सय आठ वटामा सात सय १७ मतदान केन्द्र हुने अनुमान छ । रुपन्देहीका आठ वटा मतदान स्थललाई परिवर्तन गरि अन्यत्र सार्न सिफारिस गरिएको छ । समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको सङ्ख्यालाई आधार मानेर तय हुन्छ ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता
पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेश सभाको लागि आगामी निर्वाचन हुँदैछ । ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीले गरेको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ मा एक लाख ४१ हजार पाँच सय नौ जना मतदाता रहेका छन् जसको ‘क’ मा ७३ हजार तीन सय २७ र ‘ख’ मा ६८ हजार एक सय ८२ जना मतदाता रहेका छन् । 

क्षेत्र नम्बर २ को ‘क’ मा ६४ हजार चार सय ५२ र ‘ख’ मा ६४ हजार दुई सय २५ गरी एक लाख २८ हजार ६ सय ७७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र ३ को ‘क’ मा ६६ हजार तीन सय ३१ र ‘ख’ मा ६८ हजार चार सय ३३ गरी ‘१’ लाख ३४ हजार सात सय ६४ मतदाता रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार नौ सय ९१ र ख मा ५८ हजार ७० गरी कुल एक लाख १२ हजार ६१ मतदाता क्षेत्र नम्बर ४ मा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ को ‘क’ मा ७५ हजार पाँच सय २८ ‘ख’ मा ५४ हजार नौ सय ४३ गरी एक लाख ३० हजार चार सय ७१ मतदाता रहेका छन् । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : ०८ बजे

अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक

सुर्खेत– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा लुम्बिनी पराजित

 भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले

७ महिनामा प्रदेश सरकारले गरे ५१ अर्ब ९० करोड खर्च 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिना अर्थात् माघ मसान्तसम्ममा

विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिको विषम परिस्थितिमा

सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत 

काडमाडौं– चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ अर्ब ६६