‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’ « Khabarhub

‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि-कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा। पोख्रेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्ट्याए ।  

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍. पोख्रेलले यस्तो बताएका हुन् ।  

कार्यक्रममा पोख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँड १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवार बन्ने सम्भावनामाथि पनि संकेत गरे ।

डा। पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ३९ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्