‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’ « Khabarhub

‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि-कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा। पोख्रेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्ट्याए ।  

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍. पोख्रेलले यस्तो बताएका हुन् ।  

कार्यक्रममा पोख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँड १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवार बन्ने सम्भावनामाथि पनि संकेत गरे ।

डा। पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  २ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको