सुरक्षाकर्मीको व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयको माग « Khabarhub

सुरक्षाकर्मीको व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयको माग


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले सुरक्षाकर्मीको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ, कीर्तिपुरका विद्यार्थीको केही समुहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने गरेको भन्दै सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्रालयसँग माग गरेको छ ।

त्रिविले विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको दैनिक काम कारवाही गर्दा बारम्बार कार्यालयमा जवरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समुहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिनुहुन नेपाल सरकार गृह मन्त्रालय समक्ष विश्वविद्यालय अपिल गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : ३६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४