भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन « Khabarhub

भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख नेपाली रुपैयाँको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक हो।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं १ मा ८० वटा रहेका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ४२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा