जीतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

जीतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– जीतपुरसिमरा उपमहानगरपालिका– ७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाएकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।

दुर्घटनामा परी एक बृद्ध मानिसको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।

दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षीय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बृद्ध सवार मोटरसाइकलका चालक मोटरसाइकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ५८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा