गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन : मन्त्री कार्की « Khabarhub

गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन : मन्त्री कार्की


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । सुनसरीको धरान उमहानगरपालिका–१३ स्थित नेपाल पुलिस स्कुलमा निर्माण भएको नेपाल–भारतमैत्री भवन उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना अन्य विकास हुन नसक्ने भएकाले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गुणस्तरीय र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिभाशाली शिक्षणका लागि भारत सरकारले निर्माण गरेको भवनले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दैै उनले भने, ‘भारत सरकारले विसं २००७ देखि नेपालको विकास निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ सो अवसरमा मन्त्री कार्कीले समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नका लागि सबै देशको सहयोग लिएर अगाडि बढ्ने सरकारको नीति रहेको उल्लेख गरे ।

भारत सरकारले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइको विकासका लागि निर्वाह गरिरहेको भूमिकाप्रति मन्त्री कार्कीले नेपाल सरकारकोतर्फबाट भारत सरकारलाई धन्यवादसमेत ज्ञापन गरे । भारत सरकारसँग विगतदेखि नै सम्बन्ध सुदृढ रहेको बताउँदै उनले थप सम्बन्ध विस्तार गरेर देशको धार्मिक पर्यटन र जलस्रोतको विकास गर्नुपर्ने समय आएको बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : ४३ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित