सिट बाँडफाँडले कांग्रेसमा किचलो, देउवालाई अफ्ठेरो « Khabarhub

सिट बाँडफाँडले कांग्रेसमा किचलो, देउवालाई अफ्ठेरो


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषयलाई लिएर नेपाली कांग्रेसभित्रै किचलो बढेको छ । कांग्रेसको संस्थापनइतर पक्षले सिट बाँडफाँडमा ‘कम्प्रोमाइज’ गरे विद्रोह गर्ने चेतावनी दिइसकेको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष संस्थापन इतर समूहका नेता शेखर कोइरालाले पटक पटक कांग्रेसले १०० सिट नपाए विद्रोह गर्ने चेतावनी दिएर सङ्घर्षका कार्यक्रम समेत घोषणा गर्न बाध्य भएका छन् ।

पछिल्लो समय कोइराला पक्षका नेताहरु मुखै फोरेर १०० सिटभन्दा तल सम्झौता नगर्न देउवालाई चुनौती दिइरहेका थिए । तर देउवाभन्दा बढी दबाब बढाइरहेका प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै कांग्रेस संस्थापन इतर पक्ष सडक सङ्घर्षमा उत्रिन बाध्य भएको छ ।

देउवामाथि दबाब बढाउँदा मात्रै आफूहरूले मागेजति सिट नपाउने मनस्थिति देखेर शेखर कोइराला पक्ष प्रचण्ड र माधव नेपाललाई धम्की दिन लागि परेका छन् । केन्द्रमा गठबन्धन गरेपनि निर्वाचन क्षेत्रमा कांग्रेस संस्थापन इतर पक्षको बलियो संगठन भएका कारण भोलिका दिन हराइदिने चेतावनी कोइराला पक्षका नेताहरूले दिन थालेका छन् ।

कांग्रेसलाई जुनसुकै हालतमा १०० सिट दिनुपर्ने र आफूहरूले ४० प्रतिशत हिस्साको टिकट पाउनुपर्ने कांग्रेस संस्थापनइतर समूहको छ । तर यी दुवै कुरामा देउवा पक्का छैनन् । गठबन्धन मिलाउनका लागि कांग्रेसले ८० देखि ९० सिटसम्म पनि कुरा मिलाउन देउवा दबाबमा देखिन्छन् ।

प्रचण्ड र माधव नेपालको दबाब र धम्की देउवालाई निरन्तर भएकाले यतिबेला कांग्रेस संस्थापन इतर समूह कांग्रेस बचाउ अभियानमा लागेको छ । पाँच वर्षअघि कम्युनिष्ट मिल्दा निकै खराब हार व्यहोरेको कांग्रेस यतिबेला सत्ताको सदुपयोग गर्दै आफूले बहुमत ल्याउँनुपर्नेमा जोड दिइरहेको छ ।

तर कम्युनिष्टसँग मिल्दा आफ्नै बहुमत फेरि नआउने देखिएपछि संस्थापन इतर पक्ष आक्रामक रुपमा देउवाविरुद्ध चरणबद्ध आन्दोलनमै होमिएको हो । सुरुमा गठबन्धनकै विरोध गरेको संस्थापन इतर पक्ष सम्मानित सिट बाँडफाँडको कुरा उठाइरहेको थियो ।

तर गठबन्धनलाई देखाएर देउवाले संस्थापनइतर पक्षलाई पेल्ने संकेत पाएपछि कोइराला समूह आक्रामक रुपमा विरोधमै उत्रिएको हो । आफ्ना मागको सुनवाई नभए पार्टी कार्यालयमा धर्ना बस्नेसम्मको आन्दोलनको तयारीमा रहेको कोइराला पक्षलाई मिलाउन देउवालाई हम्मे देखिन्छ ।

अहिले बल गरेर सिट बाँडफाँड गरे भोलि चुनावमा हराइदिने चेतावनी कोइराला समूहको छ । यसका लागि एमालेसँग तालमेल गर्ने अभिव्यक्ति कांग्रेस नेताहरूले दिइसकेका छन् । इतर समूहको यो चेतावनीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा अफ्ठेरोमा छन् ।

सोही कारण सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन देउवा केही गम्भीर देखिएका छन् । उनले जतिसक्दो चाँडो सिट बाँडफाँड टुंग्याएर संस्थापन पक्षको विरोध मत्थर पार्ने प्रयास गरिरहेका छन् । यसका लागि उनले प्रचण्ड र माधव नेपालसँग पनि पनि सघन छलफल अघि बढाइरहेका छन् ।

सोही दबाबका कारण देउवा, प्रचण्ड र माधव नेपाल जतिसक्दो चाँडो सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन लागि परेका छन् ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ०६ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब