सिट बाँडफाँडले कांग्रेसमा किचलो, देउवालाई अफ्ठेरो « Khabarhub

सिट बाँडफाँडले कांग्रेसमा किचलो, देउवालाई अफ्ठेरो


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषयलाई लिएर नेपाली कांग्रेसभित्रै किचलो बढेको छ । कांग्रेसको संस्थापनइतर पक्षले सिट बाँडफाँडमा ‘कम्प्रोमाइज’ गरे विद्रोह गर्ने चेतावनी दिइसकेको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष संस्थापन इतर समूहका नेता शेखर कोइरालाले पटक पटक कांग्रेसले १०० सिट नपाए विद्रोह गर्ने चेतावनी दिएर सङ्घर्षका कार्यक्रम समेत घोषणा गर्न बाध्य भएका छन् ।

पछिल्लो समय कोइराला पक्षका नेताहरु मुखै फोरेर १०० सिटभन्दा तल सम्झौता नगर्न देउवालाई चुनौती दिइरहेका थिए । तर देउवाभन्दा बढी दबाब बढाइरहेका प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै कांग्रेस संस्थापन इतर पक्ष सडक सङ्घर्षमा उत्रिन बाध्य भएको छ ।

देउवामाथि दबाब बढाउँदा मात्रै आफूहरूले मागेजति सिट नपाउने मनस्थिति देखेर शेखर कोइराला पक्ष प्रचण्ड र माधव नेपाललाई धम्की दिन लागि परेका छन् । केन्द्रमा गठबन्धन गरेपनि निर्वाचन क्षेत्रमा कांग्रेस संस्थापन इतर पक्षको बलियो संगठन भएका कारण भोलिका दिन हराइदिने चेतावनी कोइराला पक्षका नेताहरूले दिन थालेका छन् ।

कांग्रेसलाई जुनसुकै हालतमा १०० सिट दिनुपर्ने र आफूहरूले ४० प्रतिशत हिस्साको टिकट पाउनुपर्ने कांग्रेस संस्थापनइतर समूहको छ । तर यी दुवै कुरामा देउवा पक्का छैनन् । गठबन्धन मिलाउनका लागि कांग्रेसले ८० देखि ९० सिटसम्म पनि कुरा मिलाउन देउवा दबाबमा देखिन्छन् ।

प्रचण्ड र माधव नेपालको दबाब र धम्की देउवालाई निरन्तर भएकाले यतिबेला कांग्रेस संस्थापन इतर समूह कांग्रेस बचाउ अभियानमा लागेको छ । पाँच वर्षअघि कम्युनिष्ट मिल्दा निकै खराब हार व्यहोरेको कांग्रेस यतिबेला सत्ताको सदुपयोग गर्दै आफूले बहुमत ल्याउँनुपर्नेमा जोड दिइरहेको छ ।

तर कम्युनिष्टसँग मिल्दा आफ्नै बहुमत फेरि नआउने देखिएपछि संस्थापन इतर पक्ष आक्रामक रुपमा देउवाविरुद्ध चरणबद्ध आन्दोलनमै होमिएको हो । सुरुमा गठबन्धनकै विरोध गरेको संस्थापन इतर पक्ष सम्मानित सिट बाँडफाँडको कुरा उठाइरहेको थियो ।

तर गठबन्धनलाई देखाएर देउवाले संस्थापनइतर पक्षलाई पेल्ने संकेत पाएपछि कोइराला समूह आक्रामक रुपमा विरोधमै उत्रिएको हो । आफ्ना मागको सुनवाई नभए पार्टी कार्यालयमा धर्ना बस्नेसम्मको आन्दोलनको तयारीमा रहेको कोइराला पक्षलाई मिलाउन देउवालाई हम्मे देखिन्छ ।

अहिले बल गरेर सिट बाँडफाँड गरे भोलि चुनावमा हराइदिने चेतावनी कोइराला समूहको छ । यसका लागि एमालेसँग तालमेल गर्ने अभिव्यक्ति कांग्रेस नेताहरूले दिइसकेका छन् । इतर समूहको यो चेतावनीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा अफ्ठेरोमा छन् ।

सोही कारण सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन देउवा केही गम्भीर देखिएका छन् । उनले जतिसक्दो चाँडो सिट बाँडफाँड टुंग्याएर संस्थापन पक्षको विरोध मत्थर पार्ने प्रयास गरिरहेका छन् । यसका लागि उनले प्रचण्ड र माधव नेपालसँग पनि पनि सघन छलफल अघि बढाइरहेका छन् ।

सोही दबाबका कारण देउवा, प्रचण्ड र माधव नेपाल जतिसक्दो चाँडो सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन लागि परेका छन् ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ०६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि