‘कांग्रेसलाई राम्रो बनाउन चौकिदारी गरिरहेका छौँ’ « Khabarhub

‘कांग्रेसलाई राम्रो बनाउन चौकिदारी गरिरहेका छौँ’

‘सभापति देउवाविरुद्ध आग्रह, आक्रोश, विरोध र विद्रोहको चरणमा आन्दोलन’


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समानुपातिकतर्फको बन्द सूचि बुझाएसँगै दलहरू मङ्सिर ४ को निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवार छनोटको अन्तिम चरणमा रहेका छन् । सत्ता गठबन्धनभित्र अझै पनि कसले कति सिट पाउने र कुन नेता कुन क्षेत्रबाट लड्ने भन्ने कुरा टुङ्गिएको छैन । निकै पेचिलो बनेको सत्ता गठबन्धनभित्रको सिट बाँडफाँडको विषय थप पेचिलो हुने सङ्केत देखिएको छ । नेपाली कांग्रेसभित्र शेखर कोइराला र गगन थापाको समूहले विद्रोह गर्ने चेतावनी दिएपछि सत्ता गठबन्धन भित्र खैलाबैला मच्चिएको छ । सत्ता गठबन्धनविरुद्ध सार्वजनिक रूपमै विरोध र आन्दोलनमा उत्रिएको शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसभित्र यसरी विवाद बढ्नुको कारण के हो ?
हामीले लोकतान्त्रिक शासन प्रणालीमा लोकतान्त्रिक मूल्य मान्यता विश्वास गर्नै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो कार्यकालाई राज्य सञ्चलनको तहमा पुर्‍याउनको निम्ति जनताको बिचमा उपस्थित गराउँछ । वा प्रतिस्पर्धाको लागि तयार बनाउँछ । त्यसरी दिँदा कार्यकर्ताको योग्यता क्षमताका आधारमा अवसर दिनु पर्दछ । तर अहिले पार्टीले बन्द सूचि प्रकाशित गर्दा र चौधौँ महाधिवेशनपछि अवसर प्रदान गर्दा एकांकी रूपबाट अवसर दिने काम हुँदै आयो । चौधौँ महाधिवेशनपछि दोस्रो पटकका लागि सभामुख हुनु भएका हाम्रो सभापतिले सबैलाई लिएर अगाडि बढ्छु भन्नुभयो । त्यसलाई हामीले विश्वास गरेका थियौँ । तर अहिले उहाँले आफ्नो पक्षलाई मात्र अवसर दिने काम गर्नु भयो । त्यसैले यो निर्वाचनमा हामीले विपक्ष दलसँग प्रतिस्पर्धा गरेर जाँदै छौँ ।

यस्तो बेलामा कार्यकर्ताहरुको मन दुखाएर अवसर पउने ले नपाउँदा कसरी अगाडि बढिन्छ । यो लोकतन्त्रको आधारभूत स्वार्थ हैन । हामीले आफैले आज लोकतन्त्रलाई धरापमा पारेका छौँ । योग्यता क्षमता कसले कस्तो अवस्थामा पार्टीको काम गरेको छ ? त्यसलाई जनताले पनि हेरेको हुन्छ । जनताको सामु लोकतन्त्रका हिसाबले हरेक कुराले लायक हुनुपर्दछ त्यसैको कारणले हामीले मत धेरै ल्याउने न ल्याउने हुन्छ यसले प्रत्यक्षलाई पनि ठुलो असर पारेको छ । सही काम गर्नुपर्‍यो  घोषणा हुने बित्तिकै सबै कुरा हासिल हुँदैन ।

सारमा भन्नु पर्दा तपाईँहरूले भाग पाउनु भएन, जसका कारण यो सबै भयो ?
हैन, यो त आन्तरिक एकतालाई सम्बन्धित बनाएर लैजाने हो । अझ कसरी राम्रो बनाउने भनेर हामीले चौकीदारी गर्न खोजेका हौँ ।

तपाईँले भने जस्तै गरी उस्तै पर्‍यो भने गठबन्धनलाई असहयोग गर्न तपाईँहरू तयार हो ?
हामीले भनेका छौँ यो आग्रहको चरण, आक्रोशको चरण, विरोधको चरण र विद्रोहको कारण गरेर ४ चरणमा हाम्रो कार्यक्रमलाई विभाजन गरेका छौँ । अहिले हामी विनम्रको चरण सकिएर आक्रोशको चरण र विरोधको चरणमा आज जाँदै छौँ । उहाँहरूले यो खेलाँची र ख्याल ख्याल ठान्दै हुनुहुन्छ । यो हाम्रो मात्र आवाज हैन, समग्र जनताको आवाज हो । यसलाई सामान्य ठान्दा यसको अवस्था निकै भयावह बन्छ । पार्टी र कार्यकर्ताको बलमा उभिएको पार्टी हो । यो दायाँबायाँ गरेर के गर्दछ ? यसले भन्यो भने त्यसको परिणाम राम्रो हुँदैन । चाँडो भन्दा चाँडो सम्बोधन हुनपर्‍यो  ।

सभापति देउवा तपाईँहरूसँग छलफल गर्न किन चाहनुहुन्न ?
उहाँले जे गरे पनि हुन्छ । हामी जुँगा नआउँदा नै लोकतन्त्रको लागि मैदानमा उत्रिएका हौँ । हाम्रो भूमिका जनताले बुझेका छन् । जनताले हाम्रो मूल्याङ्कन गर्नेछन् ।

यो सबै समस्या आउनुका पछाडि सभापति देउवा हो कि गठबन्धन ?
गठबन्धन पहिलो हो । पहिला हामी एक्लै थियौँ । तर गठबन्धन गर्ने भनेपछि हामीले त्यसमा सहमति जनाउनु पर्ने अवस्था आयो । पार्टीभित्र गरिएको निर्णयमा हामीले सहमति जनायौँ । गठबन्धनका कारण हामीले प्राप्त गर्ने अवसरहरू घटेका छन् । त्यो पनि हामीले आवाज उठाएनौँ भने के हुन्छ त ? यसमा गठबन्धनलाई नै मुख्य कारण भन्न मिल्दैन । अवसरबाट वञ्चित त आफ्नोले नै गर्ने हो । पार्टी भित्र को अवसरको न्यायको बाटोमा हिँडौँ भनेर हामीले भन्यौँ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : २७ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा