विश्व इतिहासमा आज: कन्स्टेन्टाइन प्रथमको राजगद्दी त्यागदेखि ‘डन’ अन्तरिक्ष यान प्रक्षेपणसम्म  « Khabarhub

विश्व इतिहासमा आज: कन्स्टेन्टाइन प्रथमको राजगद्दी त्यागदेखि ‘डन’ अन्तरिक्ष यान प्रक्षेपणसम्म 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज ११ गते मंगलबार । सन् २०२२ को सेप्टेम्बर २७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ सेप्टेम्बर २७ मा नासाले एस्टेरोइड बेल्टका दुई ठुला वस्तुहरु भेस्टा र सेरेसको अध्ययनको लाग ‘डन’ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो ।

सन् २००३ सेप्टेम्बर २७ मा यूरोपेली अन्तरिक्ष एजेन्सीले चन्द्रमाको कक्षमा ‘स्मार्ट–१’ उपग्रह प्रक्षेपण गरेको थियो ।

सन् १९९६ सेप्टेम्बर २७ मा तालिबानले काबुल अतिक्रमण गरेको थियो । सो अतिक्रमण पश्चात् इस्लामिक कट्टरपन्थी समूहले अफगानिस्तानको इस्लामिक इमिरेट्सको स्थापना गरेको थियो ।

सन् १९६२ सेप्टेम्बर २७ मा यमन अरब गणतन्त्रको स्थापना भएको थियो । राजा मोहम्मद अल–बद्रलाई सत्ताबाट हटाउन भएको कुपश्चात गमाल अब्देल नासिरले यमन अरब गणतन्त्रको स्थापनाको घोषणा गरेका थिए ।

सन् १९४० सेप्टेम्बर २७ मा दोस्रो विश्व युद्धअन्तर्गत जर्मनी, इटाली र इम्पेरियल जापानका प्रतिनिधिहरूले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै एक्सीस शक्तिको स्थापना गरेका थिए ।

सन् १९३७ सेप्टेम्बर २७ मा वयस्क बाली बाघलाई गोली हानी मारिएको थियो । अत्यधिक मानव गतिविधि र शिकारका कारण बालीको इन्डोनेसियाली द्विपको रैथाने बाली बाघ विलुप्त भएको थियो ।

सन् १९२२ सेप्टेम्बर २७ मा ग्रीसका कन्स्टेन्टाइन प्रथमले राजगद्दी त्यागेका थिए । सैनिय विद्रोहपश्चात् छोरा जर्ज दोस्रोको पक्षमा राजगद्दी त्यागेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ५० बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६