लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली « Khabarhub

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७औँ साधारण सभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् ।

दुई कार्यकाल सफल बनाएर स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवालीले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । मायादेवी–४ झुलनीपुरस्थित विद्यालयले लुम्बिनी क्षेत्रमा धेरैलाई शिक्षाको पहुँचमा पुर्‍याई त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याएको छ ।

संस्थाको साधारण सभाबाट आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा ज्ञवालीसहित प्रबन्ध सञ्चालकमा पिताम्बर न्यौपाने, संचालक सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५३ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्