श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु « Khabarhub

श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो ।

 कोरोना सङ्क्रमण नियन्त्रणमा आउनका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । 

उक्त उडानमा नेपालीका लागि १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि  थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको