तेह्रथुममा हाल्न थालियो लिंगेपिङ « Khabarhub

तेह्रथुममा हाल्न थालियो लिंगेपिङ


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएको छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् । दसैँको घटस्थापनासँगै तेह्रथुमको गाउँ गाउँमा लिंगेपिङ बनाउन थालिएको छ ।  युवाहरू जङ्गलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दसैँमा एक पटक भुईँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

पिङ हालेपछि मात्र दसैँको आगमनको झझल्को दिने  छथर गाउँपालिका- ५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँ तिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेको छ l  हामीले जस्तै हाम्रा बच्चाहरूले पनि दसैँ आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छौँ र दसैँतिहारकाे महत्त्व बुझाउने प्रयास गरेका छौँ ।’

युवापुस्ताहरूमा गाउँमा हालिने लिंगेपिङको महत्त्व नै भुल्दै गएका छन् ।  ७० वर्षका माया लिम्बू भन्छिन्, ‘लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिङ्गो गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्यौँ, अहिले त पहिलेको जस्तै महत्त्व छैन ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : २६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख