तेह्रथुममा हाल्न थालियो लिंगेपिङ « Khabarhub

तेह्रथुममा हाल्न थालियो लिंगेपिङ


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएको छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् । दसैँको घटस्थापनासँगै तेह्रथुमको गाउँ गाउँमा लिंगेपिङ बनाउन थालिएको छ ।  युवाहरू जङ्गलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दसैँमा एक पटक भुईँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

पिङ हालेपछि मात्र दसैँको आगमनको झझल्को दिने  छथर गाउँपालिका- ५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँ तिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेको छ l  हामीले जस्तै हाम्रा बच्चाहरूले पनि दसैँ आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छौँ र दसैँतिहारकाे महत्त्व बुझाउने प्रयास गरेका छौँ ।’

युवापुस्ताहरूमा गाउँमा हालिने लिंगेपिङको महत्त्व नै भुल्दै गएका छन् ।  ७० वर्षका माया लिम्बू भन्छिन्, ‘लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिङ्गो गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्यौँ, अहिले त पहिलेको जस्तै महत्त्व छैन ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : २६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल