नगरपालिकाद्वारा ठेला व्यवसाय हटाइँदै « Khabarhub

नगरपालिकाद्वारा ठेला व्यवसाय हटाइँदै


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगरपालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । 

घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई हटाउने निर्णय गरेको हो । 

‘एउटाले ५० हजार भाडा तिरेर सटरमा फलफूल व्यवसाय गर्छ, नगरपालिकालाई करसमेत तिर्छ तर उसैको अगाडि सडकमा ठेला व्यवसायले धमाधम फलफूल बिक्री गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ’, नगर प्रमुख श्रेष्ठले भने। ‘एक महिनाभित्रै आफैँ हट्न भनेका छौँ, नहटे नगरले हटाउँछ’, उनले भने। 

बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँगाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । बागलुङ बजारमा एक सयभन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाइ छ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ३८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका