'राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भयो' | Khabarhub Khabarhub

‘राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भयो’


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा  प्रहार भएको जनाएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सदनबाट पारित भएको पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका हुन् । 

‘संसद्का दुवै सदनबाट दुईदुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ’, कांग्रेस प्रवक्ता महतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ४४ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको

आकाशमै फनफनी घुमे यी विमान

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत