इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाकार्ता– इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन् ।

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।

“अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,” स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ३६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला