पर्यटन प्रवद्धनका लागि पदयात्रा « Khabarhub

पर्यटन प्रवद्धनका लागि पदयात्रा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको उजागर गर्ने उद्देश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एकदिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मीकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसी पुगेर सम्पन्न भएको हो ।

पदयात्रा समापन गर्दै नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्रभित्रका रहेको बताउँदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए ।

उनले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यस वर्षको नगरसभाले गरेको बताउँदै त्यसअघि नै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ५० बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको