अहिलेको मान्छेमा पाचन शक्ति बलियो छैन | Khabarhub Khabarhub

अहिलेको मान्छेमा पाचन शक्ति बलियो छैन

दाजुभाइलाई तिहारमा मौसमी फलफूल दिनुपर्छ



काठमाडौँ – आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदैछन् । आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकारहरू बनाएर खुवाउने चलन पनि छ । आज दाजु भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु राम्रो मानिन्छ । तर कतिपय अवस्थामा हाम्रो सानो लापरबाहीले पनि दाजुभाइको स्वास्थ्यमा ठुलो असर गर्न सक्छ, । त्यसैले आज कस्तो खाना खुवाउँदा राम्रो हुन्छ त ? यसै विषयमा आधारित भएर पोषणविद रश्मि बजिमयासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश: 

एउटा पोषणविद् भएको नाताले यो तिहारमा दिइने खानेकुरालाई कसरी हेर्नु भएको छ ?
तिहार भनेको हामीले बत्ती र फलफूलको चाड भनेर भन्छौँ । तिहारमा भाइलाई टिका लगाएर भाइको उत्तरदायीको कामना गर्दै मौषम अनुसारको फलफूलहरू दिने चलन छ । अहिलेको मान्छेमा पहिलाको मान्छे जस्तो पाचन शक्ति बलियो छैन  । पहिला काम धेरै हुन्थ्यो, व्यायाम धेरै हुन्थ्यो । फलफूलहरू माछा मासुहरू जति खाँदा पनि त्यसले असर गर्दैनथ्यो । तर अहिलेको मानिसहरूको काम र व्यायाम थोरै छ त्यसैले खानपानमा ध्यान दिएन भने समस्या हुन सक्छ । कुनै दाजुभाइमा दीर्घकालीन रोग उच्च रक्तचाप सुगर छ भने गुलियो खाना खायो भने रगतमा चिनीको मात्रा बढी भएर असर गर्दछ त्यसैले यो कुरालाई ध्यानमा राखेर खानेकुरा दिनु पर्छ ।

कस्तो खानेकुरा चाहिँ हामीले दिनु पर्छ ?
विशेषगरी अहिले खाने भनेको सोल रोटी हो । गुलियो रोटी, अनारसामा जुन तेल वा घिउ हालेर धेरै समय तेलमा पकाएर पछिसम्म राख्न मिल्ने गरी बनाइन्छ । त्यसैले यस्ता तारेको खाना धेरै समय राखेर खाँदा तेलको क्वालिटी बिग्रिँदै जान्छ र त्यसले हाम्रो मुटुलाई असर गर्दछ । सेल बनाउँदा धेरै तेल घिउ नराखेर ठिक्क पकाउने त्यसले गर्दा धेरै तेलको क्वालिटी बिग्रिन पनि पाउँदैन र धेरै चिनीको पनि प्रयोग नगर्ने । यसरी दाजुभाइलाई खाना दिँदा ब्यालेन्स मिलाएर वा सबै भिटामिन युक्त खाना दिनु पर्दछ ।

ब्यालेन्स मिलाएर दिँदा के के कुरालाई समावेश गर्नु पर्दछ त ?
अहिले हामी भाइ मसला जस्तो ड्राइफ्रुडहरु धेरै दिन्छौ, त्यसमा धेरै भिटामिनहरू पाइन्छ यस्तो मसलामा धेरै क्यालोरी हुन्छ तर थोरै मात्रामा ब्यालेन्स मिलाएर खाँदा राम्रो हुन्छ । अहिलेको मौसमअनुसारका फलफूलहरू जस्तोःभोगटे, सुन्तला मोसमहरू यिनीहरूमा भिटामिन सी,फाईबर राम्रो हुन्छ यी फलफुलहरु दिन सक्छौँ। हलुवाबेद, अमलामा पनि भिटामिन सी पाइन्छ । यसले स्किन देखि लिएर रौँहरू सबैलाई मद्दत गर्दछ । यस्तै फलफूलहरू दिदा राम्रो हुन्छ ।

खाना एक पटक पकाएर धेरै दिनसम्म तताएर दैनिक रूपमा खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?
यो खाना राख्नमा भर पर्दछ । पकाएर बाहिर नै छोड्ने तताएर खाने गर्‍यो भने त्यसको खानाको क्वालिटी त्यसमा भएको माइक्रोअर्गानिजमहरु नराम्रो किसिमको माइक्रोअर्गानिजमहरुको त्यसमा विकास हुन्छ । त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्दछ । खाना पकाउने र राम्रोसँग फ्रिजमा हालेर राख्ने । पछि जति चाहिने हो,त्यति मात्र निकालेर तताउने गर्नु पर्दछ । निकाल्ने तताउने फेरि चिसो बनाउने फेरी तताउने गर्नु हुँदैन ।

स्वास्थ्यमा कुनै पनि समस्या नआओस् भनेर चिल्लो तथा गुलियो खानासँगै कस्तो कस्तो परिकार खानु पर्दछ त ?
गुलियो खानासँग भिटामिन सी खानु पर्‍यो । पानी प्रशस्त मात्रामा खाने, फाइबरयुक्त साग सब्जी सलादहरू खाने,सुन्तला भोगटे मौसमहरू खानु पर्दछ ।

दिर्घरोगीहरुले थप समस्या नबढोस् भनेर के के कुरामा ध्यान दिने त ?
पहिला त आफ्नो डाक्टरसँग सल्लाह गर्नु पर्छ । मधुमेहको रोगीलाई सेल खाना मन लाग्यो भने ठिक्क खाने तर खाए पनि व्यायाम एकदमै राम्रोसँग गर्ने, हिँड्ने, कागतीहरू खाने गर्नु पर्दछ ।

सबैलाई थप स्वस्थ बन्नको लागि पोषणविद् भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
चाडपर्व सबैले राम्रो र रमाइलोसँग मनाउनु पर्दछ । तर भोलि गएर मैले यस्तो खाना खाएर यो समस्या आयो भन्ने नहोस् । शारीरिक व्यायामहरू गर्ने खाना समयमा खाने, पानी प्रशस्त मात्रामा खाने गर्दा अरू असर देखा पर्दैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)     

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६