टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित « Khabarhub

टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।सिड्नीमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए ।भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले ।कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले ।सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए । जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ ।भारत समूह २ को शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : ०१ बजे

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन