टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित « Khabarhub

टी-ट्वान्टी विश्वकप भारतको लगातार दोस्रो जित


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।सिड्नीमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए ।भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले ।कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले ।सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए । जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ ।भारत समूह २ को शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : ०१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी