विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा « Khabarhub

विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा

पहिलो खेल जापान र कोस्टारिकाको


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु हुनेछ। आइतबारको अन्तिम अर्थात् चौंथो खेल भने मध्यराति १२:४५ मा हुनेछ। यो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणमै स्पेन र जर्मनीको भेटलाई महत्त्वका साथ हेरिएको छ।

शनिबारसमेत चार खेल भएका थिए। पहिलो खेलमा अष्टे«लिया विजयी भएको थियो छ। अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो। शनिबारको दोस्रो खेलमा पोल्याण्ड विजयी भएको छ। साउदी अरबलाई २-० गोलले पराजित गर्दै पोल्याण्ड विजयी भएको हो।

तेस्रो खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले हराएको छ। शनिबार राति नै भएको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसेल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले पराजित गरेको हो।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ०८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी