विश्व फुटबलमा धरमराएको अफ्रिकी साख | Khabarhub Khabarhub

विश्व फुटबलमा धरमराएको अफ्रिकी साख


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सन् २००२ को विश्वकप फुटबल। साबिक विजेताको रूपमा फ्रान्स सहभागी थियो भने सेनेगल सामान्य टोली। संसारका धेरै फुटबल पण्डितले सायद सोचेका थिएनन् कि सेनेगलले जितका साथ विश्वकपको सुरुवात गर्नेछ। उद्घाटन खेलमा फ्रान्सलाई हराउँदै अगाडि बढेको सेनेगल क्वार्टर फाइनलको यात्रा तय गर्न सफल भएको थियो।

त्यही सेनेगल जारी विश्वकप फुटबल २०२२ मा अप्ठेरो अवस्थामा पुगेको छ। सेनेगलले पहिलो जित पाउने क्रममा कतारलाई ३–१ ले हराएको थियो। तर, त्यो जितले सेनेगललाई जत्ति खुसी दिनुपर्ने हो, त्यो भने दिन सकेन। समूह एको अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडर बीचको खेलमा बराबरी भएपछि सेनेगलका लागि दोस्रो चरण प्रवेशका लागि कतारसँगको अन्तिम खेल जित्नै पर्ने भएको छ। बलियो टोली नेदरल्यान्ड्ससँग इक्वेडरको बराबरी नै सेनेगलले नचाहेको नतिजा थियो।

समूह ‘डी’मा रहेको ट्युनेसियाले डेनमार्कसँग बराबरी गरेको छ। दोस्रो खेलमा अष्ट्रेलियासँग हारको सामना गरेपछि ट्युनेसिया बाहिरिने सम्भावना प्रबल बनेको छ।

ट्युनेसिया, क्यामरुन र घाना अन्य अफ्रिकी देश हुन्। समूह ‘डी’मा रहेको ट्युनेसियाले डेनमार्कसँग बराबरी गरेको छ। दोस्रो खेलमा अष्ट्रेलियासँग हारको सामना गरेपछि ट्युनेसिया बाहिरिने सम्भावना प्रबल बनेको छ।

समूह जीमा रहेको क्यामरुनले पनि पहिलो खेलमा पराजयको सामना गरेको छ। क्यामरुनको बाँकी दुई खेल ब्राजिल र सर्बीयासँग छ। क्यामरुनका लागि अब यो विश्वकपमा अगाडी बढ्न धेरै कठिन देखिएको छ।

समूह ‘एच’मा रहेको घानाका लागि क्यामरुनको जस्तो अप्ठेरो परिस्थिति भने छैन। पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित गर्दै घानाले बाँकी दुई खेल दक्षिण कोरिया र उरुग्वेसँग खेल्नेछ। विश्वकपमा यो समूहलाई सबैभन्दा कठिन मानिएको छ।

सेनेगलकै हकमा भन्ने हो भने सो टोली अफ्रिकी च्याम्पियनको रूपमा विश्वकपमा प्रवेश गरेको थियो। समूह ‘ए’ टोलीको रूपमा आयोजक देश कतार रहेको कारण सो समूह कमजोर भएको हो। विश्वकप प्रवेशपछि नै सेनेगललाई केही धक्का लागेको छ। स्टार खेलाडी सडियो मानले चोटका कारण विश्वकप गुमाउनु सेनेगलका लागि पक्कै पनि धक्काको विषय हो।

विश्वकपमा अफ्रिकी सनसनीको कथा सन् १९९० देखि भएको हो। त्यो विश्वकपमा क्यामरुनले पहिलो खेलमा साबिक विजेता अर्जेन्टिनालाई हराएको थियो। दोस्रो चरणमा अर्को बलियो टोली कोलम्बियालाई क्यामरुन क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। क्वार्टर फाइनलमा इंगल्यान्डसँग क्यामरुन सडनडेथमा पराजित भएको थियो।

विश्वकपमा अफ्रिकी सनसनीको कथा सन् १९९० देखि भएको हो। त्यो विश्वकपमा क्यामरुनले पहिलो खेलमा साबिक विजेता अर्जेन्टिनालाई हराएको थियो।

सन् १९९४ मा क्यामरुन ब्राजिलसहितको ग्रुपमा थियो। सोही समूहमा रहेका ब्राजिल पहिलो भएको थियो भने स्वीडेन तेस्रो भएको थियो। पहिलो खेलमा स्वीडेनलाई बराबरी गर्न सफल क्यामरुन त्यसपछि भने त्यसै लयमा थिएन।
अर्को बलियो टोली नाइजेरियाले भने दोस्रो चरणमा इटालीको सामना गरेको थियो।

इटाली माथि ८८ औं मिनेटसम्म १–० को अग्रता लिएको नाइजेरियाको यात्रा त्यो भन्दा अगाडि बढ्न सकेन। रोबर्टो बाजियो एकाएक जागेको सो खेलमा उनले ८८ औं मिनेटमा गोल गरेका थिए। अतिरिक्त समयमा अर्को गोल गरेका थिए।सो समयमा स्टार खेलाडी बाजियोले पहिलो चरणमा फितलो प्रदर्शन गरेपछि इटाली समूहमा तेस्रो हुँदै ‘वेस्ट लुजर’ को आधारमा दोस्रो चरणमा प्रवेश गरेको थियो। ‘हामी सकिएका थियौँ। चिहानमा पुगिसकेका बाजियोले ब्युँतेर आएर टोलीको उद्धार गरे’, इटालीका प्रशिक्षकले खेल पछि व्यक्त गरेको प्रतिक्रिया हो यो।

सन् १९९८ मा उपाधिको दाबेदार स्पेन पहिलो खेलमा नै नाइजेरियासँग पराजित भएको थियो। त्यसै नाइजेरियाका कारण स्पेन प्रतियोगितामा सम्हालिन पनि नसकेर पहिलो चरणबाट बाहिरिएको थियो।समूहमा पहिलो भएको नाइजेरियाको त्यो जादु दोस्रो चरणमा नचलेपछि डेनमार्कसँग ४–१ ले पराजित भएको थियो। सन् २००२ मा पनि सेनेगल मात्र दोस्रो चरणमा प्रवेश गरेको थियो।

सन् १९९४ मा क्यामरुन ब्राजिलसहितको ग्रुपमा थियो। सोही समूहमा रहेका ब्राजिल पहिलो भएको थियो भने स्वीडेन तेस्रो भएको थियो।

सन् २००६ को विश्वकपमा इटाली र चेक गणतन्त्र जस्ता बलिया टोली भएको समूहमा रहेको घानाले चेक गणतन्त्रलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको हो। त्यस भन्दा अगाडी बढ्न भने घाना असफल भएको थियो।
सन् २०१० मा पनि घानाले नै पहिलो चरण पार गरेको थियो। दोस्रो चरणमा अमेरिकालाई हराएको घानाले क्वार्टर फाइनलमा उरुग्वेको सामना गरेको थियो। क्वार्टर फाइनलमा उरुग्वेसँग घाना टाई ब्रेकरमा पराजित भएको थियो। नियमित समयमा पनि घानाले पेनाल्टी गुमाएको थियो।

सन् २०१४ को विश्वकपमा भने अल्जेरिया र नाइजेरिया दोस्रो चरणमा प्रवेश गरेका थिए। यी दुवै टोलीको यात्रा दोस्रो चरणबाट अगाडि बढ्न सकेको थिएन। सन् २०१८ को विश्वकपमा भने कुनै अफ्रिकी टोली पहिलो चरण पार गर्न सकेका थिएनन्।

सन् १९३० मा उरुग्वेमा विश्वकप फुटबलको सुरुवात हुँदा अहिलेको जस्तो व्यवस्थित स्वरूप थिएन। एउटा देशबाट अर्को देशको यात्रा नै कठिन थियो। यो बीचमा सन् १९३४ मा इटालीमा भएको विश्वकपले आफूलाई संसारका धेरै स्थानमा लगेको थियो। सोही विश्वकपमा इजिप्ट पनि सहभागी थियो।

इजिप्ट र मोरक्को नै अफ्रिकाका सबैभन्दा पुरानो सभ्यता भएका देश हुन्। विश्व मानचित्रको हरेक विषयमा यी दुई देशले नै पहिलो उपस्थिति जनाए। दोस्रो विश्वकपपछि एकै पटक १९७० मा मेक्सिमा भएको विश्वकपमा मोरक्कोले सहभागिता जनाएको थियो। त्यसपछिको संस्करण जर्मनीमा भएको थियो। जर्मनीको सो संस्करणमा जाइरे गणतन्त्रले सहभागिता जनाएको थियो। सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा ट्युनेसियाले सहभागिता जनाएको थियो।

सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा क्यामरुन र अल्जेरियाले सहभागिता जनाएका थिए। यो नै विश्वकपमा दुई अफ्रिकी देश सहभागी भएको पहिलो विश्वकप हो। सन् १०८६ मा मेक्सिकोमा भएको विश्वकपमा मोरक्को र अल्जेरिया समावेश थिए। अहिलेसम्म सेनेगल, घाना र क्यामरुन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

इजिप्ट र मोरक्को नै अफ्रिकाका सबैभन्दा पुरानो सभ्यता भएका देश हुन्। विश्व मानचित्रको हरेक विषयमा यी दुई देशले नै पहिलो उपस्थिति जनाए।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ६ अफ्रिकी टोली सहभागी थिए। ६ अफ्रिकी टोली, एक प्ले अफबाट विजेता तथा आयोजक देश गरेर ६ अफ्रिकी टोली विश्वकपमा प्रवेश पाउन सफल भएका हुन्।

त्यसैगरी विश्वकपलाई संसारकै एक आदर्श पुरुष नेल्सन मन्डेला विश्वकपको रूपमा समेत चिनिन्छ। १९९० को दशकमा दक्षिण अफ्रिका खुला युगमा प्रवेश गरेपछि मन्डेलाले विश्वकप फुटबल आयोजनाको सपना देखेका थिए। सायद सन् २०३० मा अर्को अफ्रिकी देशले आयोजनाको अवसर पाउने छ। संसारका सबै देशमा उत्तिकै उपस्थिति हुने विश्व फुटबल महासङ्घ (फिफा) को पनि नीति हो। यसै नीति अन्तरगत सिधै छनोटको माग धेरै समर्थकबाट आउन थाले पनि फिफाले सबै महादेशमा उपस्थिति जनाउने नीति लिएको हो।

सन् १०८६ मा मेक्सिकोमा भएको विश्वकपमा मोरक्को र अल्जेरिया समावेश थिए। अहिलेसम्म सेनेगल, घाना र क्यामरुन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

अफ्रिकी इतिहासका अहिलेसम्मकै उत्कृष्ट खेलाडी लाइवेरियाका जर्ज वेलाई मानिन्छ । सन् १९९५ मा एसी मिलानका लागि खेल्ने वे फिफा वर्ष खेलाडीसमेत भएका थिए। संयोग मान्नुपर्छ उनी विश्वकप खेल्न भने असफल रहे।

सडियो मानेले पनि यस पटक विश्वकप गुमाए। तर, उनी वे जस्तो दुर्भाग्यशाली भने भएनन्। पछिल्लो समय व्यावसायिक फुटबलमा तहल्का मच्चाउने आइभोरी कोस्टका डिडियर ड्रोग्वा अफ्रिकाका अर्का स्टार हुन्। सबै भन्दा धेरै उमेरमा विश्वकप फुटबलमा गोल गर्ने कीर्तिमान राखेका रोजर मिल्ला, सेनेगलकै अल हाडेजी डियोफ तथा नाइजेरियाका न्वान्को कानु स्टार खेलाडीको रूपमा विश्व फुटबलमा आफ्नो प्रतिष्ठा वृद्धि गर्न सफल भएका थिए।

यी नै खेलाडीको उपस्थितिले सन् १९९० को दशकदेखि विश्व फुटबलमा बढ्दै गएको अफ्रिकी साख अहिले भने धरमराउँदो अवस्थामा पुगेको छ। स्रोत : युरो स्पोर्ट्स, गोल डटकम, फिफा, ब्रीटानीका

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ०७ बजे

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६