प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक « Khabarhub

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। पछिल्लो पटक रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् भने महोत्तरी–१ बाट महोत्तरी–१ मा एमालेका लझ्मी महतो कोइली निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७ क्षेत्रमा विजयी भएका छन्।

साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।

अझै ९ स्थानको नतिजा आइसकेको छैन। ६ स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने ३ स्थानमा मतगणना सुरु हुन सकेको छैन। बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१ को नतिजा आउन सकेको छैन।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ३० बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा