विश्वकप फुटबलमा जापान कोस्टा रिकासँग पराजित « Khabarhub

विश्वकप फुटबलमा जापान कोस्टा रिकासँग पराजित


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टा रिकासँग पराजित भएको छ । ल्याटिन अमेरिकी राष्ट्र कोस्टा रिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

कतारको अहमद इब्न अली स्टेडियममा भएको खेलमा कोस्टा रिकाका लागि कैसर फुल्लरले ८१ औँ मिनेटमा गोल गरे ।

यससँगै समूह ‘ई’ मा कोस्टा रिकाले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा ३ अंकका साथ स्पेन गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । समान ३ अंक रहेका जापान र कोस्टा रिका गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

यस समूहको यसअघिको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी कोस्टा रिका स्पेनसँग ७–० गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको