‘तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ’ « Khabarhub

‘तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ’


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ । आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि निर्णय लिएर अघि बढ्ने बताएको हो । 

‘दोलखा, बाजुरा र स्याङ्जाको हकमा आयोगले छिट्टै निर्णय गर्छ, त्यसका लागि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘यी क्षेत्रमा अध्ययनका लागि आयोगले टोली खटाएको छ, टोलीको प्रतिवेदनपछि आयोगले निर्णय गर्छ ।’

दोलखा र स्याङ्जामा राजनीतिक दलबीचको विवादका कारण मतगणना सुरु हुन सकेको छैन भने बाजुराको बूढीनन्दा नरपालिका-५ मा शनिबार पुनःमतदान भए पनि राजनीतिक दलबीच विवाद कायमै रहँदा मतगणना सुरु हुन नसकेको हो ।

आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको नतिजा आइसकेको छ । यी तीन निर्वाचन क्षेत्रबाहेक पाँच क्षेत्रमा भने मतगणना जारी छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ४७ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष