‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’  « Khabarhub

‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’ 


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए। ‘संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ’, उनले भने, ‘जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।’

मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उनको भनाइ छ । ‘पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन’, उनले भने, ‘यसतर्फ पनि सोच्ने बेला आएको छ ।’

निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उनले स्पष्ट पारे। उनले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर