प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ? « Khabarhub

प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सीट जितेको छ । कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात–सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक(एक सिट जितेका छन् ।

बाँकी ९ जिल्ला मध्ये अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । अन्य ६ जिल्लामा केही विवादका कारण निर्वाचन र मतगणनामा ढिलाइ भएको छ । यी तीन जिल्लाबाहेक सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम पर्सिसम्म आइसक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ