इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो « Khabarhub

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।

जाभाको सिआनजुर शहरमा सोमबार ५।६ म्याग्निच्युडको भूकम्पल गएको थियो । अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार पछिल्लो समय तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको हो । भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन् ।

उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन् ।भूकम्पले ६२ हजार भन्दा बढी घरमा क्षति पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिन भन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन् ।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ । सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : १६ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली