विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्रसम्म


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २७ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बेनेजिर भुट्टोको हत्या

सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो । निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो ।

इन्डोनेसिया स्वतन्त्र

सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भएको थियो । चार वर्षको क्रान्ति र संर्घषपछि दक्षिणपूर्वी एसियाली देश इन्डोनेसिया स्वतन्त्र भएको थियो । सन् १९४५ मा सुकार्नोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थिए । उनको घोषणालाई सन् १९४९ मा डचले मान्यता दिएको थियो ।

ट्रिटी अफ भर्सेलिज

सन् १९१८ देखि सन् १९१९ सम्म पोल्यान्डमा क्रान्ति भएको थियो । पोल्यान्डका तत्कालीन प्रधानमन्त्री इग्नेसी पादरविस्कीको एउटा भाषणपछि पोल्यान्डले जर्मनविरुद्ध विद्रोह घोषणा गरेको थियो । विद्रोहपछि भएको सन्धि ट्रिटी अफ भर्सेलिजपछि पोल्यान्डले केही नयाँ भूभाग प्राप्त गरेको थियो ।

पहिलो पटक एनेस्थेसियाको प्रयोग

सन् १८४५ मा पहिलो पटक बच्चा जन्माउने क्रममा एनेस्थेसिया दिइएको थियो । अमेरिकी चिकित्सक डा। क्राफोर्ड लङले प्रसुति व्यथा लागेपछि आफ्नै श्रीमतीलाई सो औषधि दिएका थिए । सोही घटनाले औषधि र शल्यक्रियाको क्षेत्रमा क्रान्ति ल्याएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : २८ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका